काठमाडौँ । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि) ले टिएससीएफपी अवार्ड २०२२- लिडिङ बैंक इन नेपाल प्रदान गरेको छ ।
एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जोशीले एडिबिद्वारा सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका छन् ।
तपाईंको प्रतिकृया




