एभरेष्ट बैंकका ग्राहकले दराजमा कार्डमार्फत भुक्तानी गर्दा २५ सयसम्म छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट दिन दराजसँग सम्झौता गरेको कम्पनीले वताएकाे छ । सम्झौतापश्चात बैंकका ग्राहकले अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत् भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट  पाउनेछन् ।

एभरेष्ट बैंकले देशैभरि छरिएर रहेको आफ्नो १सय १८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको बै‌कले वताएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री