काठमाडौं । मुक्तिनाथ विकास बैंकको देशभरको शाखा कार्यालयहरुले ग्राहकमा वित्तीय साक्षरता बढाउन घर दैलो कार्यक्रम सम्पन्न गरेको जानकारी दिएकाे छ । बैंकले शनिबारका दिन देशभर वित्तिय साक्षरता बढाउनुको साथै आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन घर दैलो कार्यक्रम सम्पन्न गरेको वताएकाे छ । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा मात्र नभई बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य रहेको बैंकले जनाएको छ ।
याे कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको समेत सहभागिता रहेको थियो । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जानकारी दिएकाे छ ।




