काठमाडौ। काबेली विकास बैंक लिमिटेडले ३५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४०० सय रुपैयाँको ३५ प्रतिशत अर्थात ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरका बोनस शेयर दिने निर्णय गरेको हो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।
तपाईंको प्रतिकृया




