महानगरकाे उर्दीपछि मेरियट हाेटेलले बुझायाे कर

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले ताकेता गरेपछि मेरियट होटलले क्यासिनोको मनोरञ्जन कर बुझाएकाे छ । काठमाडाैँ महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार होटलले १९ लाख ३७ हजार रुपैयाँबराबरको कर महानगरलाई बुझाएको हो ।

काठमाडौँ महानगरपालिकाले गत भदौ १९ गते आफ्नो क्षेत्रमा पर्ने सातवटा क्यासिनोहरूलाई मनोरञ्जन कर नतिरेका कारण जरिवानासहित कर तिर्न ताकेता गर्दै चिट्ठी पठाएको थियो । महानगरले होटल मेरियट, अन्नपूर्ण, र्‍याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटललाई चिट्ठी पठाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री