घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

काठमाडौँ । दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्तो निर्णय गरेको हो ।

दशैँमा यात्रुलाई सास्ती नहोस् र सजिलै आवतजावतका लागि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए ।

यस्तै अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुलाई व्यवसायीले छुट दिएर प्रोत्साहन गर्ने, कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गराउने, खाना खुवाउने ठाउँमा भिडभाड नगर्ने, अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट खरिदरबिक्री निरुत्साहित गर्न अनुगमन गर्ने पनि निर्णय भएको छ । असोजको १५ देखि २२ गतेसम्म अत्यावश्यक सामग्री बोकेका बाहेक अरू मालवाहक गाडीलाई नारायणगढबाट काठमाण्डौसम्म चल्न नदिने निर्णय पनि भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस