पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले धारिलो छुरा प्रहार गरी आफ्नै बाबुको हत्या गरेकी छिन् । तुम्वेवा गाउँपालिका-३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुरको उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मुत्यु भएको हो ।
दिव्यरानीले शनिबार राति मादक पदार्थ सेवन गरी बाबुलाई छुरा प्रहार गरेकी थिइन् । बाबुलाई छुरा प्रहार गर्ने दिव्यरानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि वढाएको छ ।
तपाईंको प्रतिकृया




