ब्लाक एण्ड डेकरको डबल डिलाइट योजना सार्वजनिक

काठमाडाैं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो नयाँ वर्षलाई लक्षित गरी डबल डिलाइट नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन ।

लक्की ड्रमार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टि.भी, १ भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ ।

स्योर सट उपहारस्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्ड्को पर्फ्युम नि:शुल्क प्राप्त गर्न सक्नेछ भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) नि:शुल्क प्राप्त गर्न सक्नेछ र गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन नि:शुल्क प्राप्त गर्न सक्नेछ। ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

ग्राहकहरुले यो योजनाको लाभ भाद्र १६ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ । ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा कवाड व्यवसायीको बृहत भेला

काठमाडौं । कवाड व्यवसायीहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि काठमाडौंको बालाजुमा आज बृहत भेला …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds