बेकोले ल्यायो दशैँ अफर, कुन वस्तु खरिदमा के उपहार?

काठमाडाैं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै बेकोसँग दशैँ तिहार, भित्र्याउनुहोस् खुसी र उपहार नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ किलोको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइने कम्पनीले जनाएको छ।

डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ। साथै बेकोको रेफ्रिजेरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा ४ हजार रुपैयाँबराबरको फ्री इन्स्ट्लेसन पाइने कम्पनीले जनाएको छ।

उक्त योजना भदौ १० देखि सीमित अवधिका लागि लागू गरिएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा कवाड व्यवसायीको बृहत भेला

काठमाडौं । कवाड व्यवसायीहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि काठमाडौंको बालाजुमा आज बृहत भेला …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds