किशोरी बलात्कारका अभियुक्त लम्कीबाट पक्राउ

कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–६, बछुरियाकी एक १४ वर्षीया किशोरी बलात्कार आरोप लागेका युवकलाई कैलाली प्रहरीले पक्रेको छ ।प्रहरीले ३३ वर्षीय हर्कबहादुर कुँवरलाई आइतबार लम्कीबाट नियन्त्रणमा लिएको हो ।

उनीमाथि भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपी किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले आफन्तकोमा लुकेर बसेको अवस्थामा कुँबरलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी दिए ।प्रहरीका अनुसार आइतबार राति नै धनगढी ल्याइएका उनीमाथि अनुसन्धान थालिएकाे छ ।

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री