काठमाडाैँ । सुनसरीमा एक व्यक्तिले आफैले आफ्नो घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । भोजपुरको सानोदुम्बा-५ घर भई धरान उपमहानलपारिका-१३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका रम्तेलले ७१ वर्षीय सासू नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटी गई घाइते भुजेललाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको तथा घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस