अल्फा भत्काएपछि बालेनले भने- अफिस पुगेर नक्सा र डाेजर लिएर गएँ, मैले के बिराएँ ?

काठमाडाैैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटाकाे अवैध संरचना भत्काएपछि पहिलाे प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै अल्फाबिटाका सञ्चालक द्विप शर्माले आफ्नै घरकाे नक्सा मागेकाे भन्दै आफूले नक्सा र डाेजर लिएर गएकाे बताएका छन् ।

उनले भने, ‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए ।’

त्यस्तै, उनले उपरान्त यस्ताे अवस्था सिर्जना नहाेस् भन्नेतिर सचेत रहन समेत भनेका छन् । त्यस्तै, उनले अवैधानिक रूपमा बनाइएका संरचना आफै भत्काउन समेत भनेका छन् ।

उनले भने, ‘अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस