एलजीले ल्यायो ‘चाडपर्वको समय उपहार र नगदमय’ योजना

काठमाडौं । एलजीले आसन्न दसैँ, तिहार लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘चाडपर्वको समय उपहार र नगदमय’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरू र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरू प्रदान गर्नेछ ।

योजनाअन्तर्गतका टीभी, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा इलेक्ट्रिक कुकर वा ओभन, डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्यास स्टोभ वा ह्यान्ड ब्लेन्डर र सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, एलजी डिशवासरको खरिदमा ग्राहकले डिशवासर कीट प्राप्त गर्नेछन् । एलजी माइक्रोवेभ ओभनको खरिदमा फ्री खाना पकाउने कीट र एलजी भ्याकुम क्लिनरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

ग्राहकले एलजी वासिङ मेसिन फ्रन्ट लोड (नौ केजीमाथि वासर ड्रायर)को खरिदमा इन्डक्सन कुकर वा फ्यान हिटर, वासिङ मेसिन फ्रन्ट लोड (आठ केजिसम्म)को खरिदमा ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मेसिन टप लोडको खरिदमा फ्री ड्राइ आइरन प्राप्त गर्न सक्नेछन् ।

सीजी स्पील्ट रेसिडेन्सियल एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले चार हजार रुपैयाँको निःशुल्क स्थापना सेवा पाउनेछन् । साथै, एयर प्युरिफायरको खरिदमा एलेक्ट्रिक प्रेसरकुकर प्राप्त गर्नेछन् । यो योजना देशभर सीमित अवधिका लागि लागु हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस