विराटनगरमा दुई जनाको मृत्यु

काठमाडाैं ।  विराटनगरमा भएको फरक फरक प्रकृतिका घटनामा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर तथा दुर्घटनामा परेर पुरुष र वृद्धाको मृत्यु भएको हो । विराटनगर–११ रामपुर चोकमा रहेको केशरी निपेट वर्कसप कपडा फ्याक्ट्रीमा कार्यरत विराटनगर–१ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

बिहान मेसिनबाट अचानक करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोसी अस्पतालमा बिहान ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीय हिमा निरौलाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा बिहान ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३८ वर्षीय गौरव कुरुम्वाङ पनि सामान्य घाइते भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस