शिक्षण अस्पतालबाट हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखाको उपचारका लागि हिजो अस्पताल लगिएका भोला बुढाथोकी हतकडीसहित भागेका थिए ।

उनलाई ललितपुरको लुभुबाट आज बिहान पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । पक्राउ परेका बुढाथोकीलाई जावलाखेलमा राखिएको छ । रामेछाप पिल्पुङ्ग गाउँपालिका-२ घर भएका ३१ वर्षका बुढाथोकी नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा छन् । उनलाई हिजो उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

कैदी फरार भए लगत्तै अध्ययन गर्न छानबिन समिति गठन भएको छ । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । उनी रहेको अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइएको र कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री