काठमाडौंमा एकै दिन ३,१९६ चालकमाथि कारवाही, मापसे गर्ने १८७ जना

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३,१९६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरु रहेका छन् । लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री