काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज कोटेश्वरका संरचना हटाउने तयारी गरेको छ । अनधिकृत रुपमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको महानगरले आज कोटेश्वरमा सञ्चालन गरिएका पसल संरचनाहरू हटाउने तयारी गरेको हो ।
महानगरले हिजो अनधिकृत रुपमा बनाइएका संरचना हटाउन थालेको छ । सो क्रममा हिजोदेखि बानेश्वर, न्युरोड, दरबारमार्ग क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउँन थालेको हो ।
मेयर बालेन्द्र शाहसहितको टोलीले हिजो न्युरोडको काठमाडौं प्लाजा, आर बी कम्प्लेक्समा निर्माण गरिएका अनधिकृत संरचना हटाएको थियो । अवैधानिक तरिकाले बनाइएका संरचना र एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको पाइएपछि हटाउन थालिएको मेयर शाहको भनाई छ ।
तपाईंको प्रतिकृया




