हिमालयन बैंक र बीओकेले १० वर्षपछि पाए ‘काउन्टर ग्यारेन्टी’ रकम

काठमाडौं । १० वर्षअघि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको रकम हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले फिर्ता पाएका छन् । काउन्टर ग्यारेन्टीबापतको उक्त रकम भदौ ७ गते (आज) प्राप्त भएको बीओकेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण मास्केले जानकारी दिए ।

आयोजना ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकले यी दुई बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । यी दुई बैंकबाट आयोजनाका लागि डेढ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो ।

काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ बापतको रकम बीओकेले फिर्ता पाएको छ । त्यस्तै, हिमालयन बैंकले ६६ लाख डलर ग्यारेन्टी रकम फिर्ता पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रयोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds