लगातार दुई दिन घटेपछि झण्डै २ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले बढेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ बिन्दुमा पुगेको छ । यस दिन कुल १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँमा कुल ४० लाख ३१ हजार २५ कित्ता सेयर कारोबार भयो ।

यस दिन १ सय ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ७१ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्यस्थिर रहेको छ ।

यस दिन रुरु जलविद्युत्, मन्दाकिनी हाइड्रो, हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्मले बढेको छ ।

यस दिन बैंकिङ, टे«डिङ, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ, जीवन बीमालगायत समूहको समूहगत सूचक बढेको छ । अन्य समूहको सूचक घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस