सरकारले गर्‍याे उच्चस्तरीय तलब सुविधा आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् ।

देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उनले बताए ।

बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यस अघिको निर्णय खोरज गर्ने निर्णय गरेको छ भने बालाजु त्रिशूली सडक खण्डको मुड्खु तीनपिप्ले ५ दशमलव ५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

बैठकले फौजदारी कसुर दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि स्वीकृत गर्ने निर्णय भएको उनले बताए । त्यस्तै बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस