भाजपा नेतृ तथा अभिनेत्री सोनालीको हृदयाघातबाट निधन

एजेन्सी । भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको निधन भएको छ । उनी आफ्ना केही स्टाफका साथ गोवा गएकी थिइन्, त्यहीँ उनको मृत्यु भएको हो ।

सोनालीका श्रीमानको धेरै वर्षअघि निधन भएको थियो । २०१९ मा उनले भाजपाको टिकटमा आदमपुरबाट विधानसभा चुनाव लडेकी थिइन् । सोनालीले सन् २००६ मा एन्करिङबाट आफ्नो करियर शुरु गरेकी थिइन् । उनी हिसार दूरदर्शनका लागि एंकर गर्थिन् ।

दुई वर्षपछि सन् २००८ मा उनी बीजेपीमा सामेल भइन् र त्यसबेलादेखि उनी राजनीतिमा सक्रिय भइन् । सोनालीले पञ्जाबी र हरियाणवी फिल्म, म्युजिक भिडिओ गरिसकेकी छिन् । सन् २०१९ मा उनले फिल्म चोरियाँ चोरों से कम नही होतीमा काम गरे । यो उनको पहिलो फिल्म थियो ।

बिग बोसका क्रममा उनले श्रीमानको मृत्युपछि धेरैले उनलाई मानसिक रूपमा सताउने प्रयास गरेको खुलासा गरेकी थिइन् । त्यतिबेला उनी निकै एक्लै थिइन् । किसान आन्दोलनका बेला सोनाली आफ्नो बयानका कारण निकै चर्चामा थिइन् । किसान आन्दोलनबारे उनले कृषि ऐन किसानको हितमा रहेको बताएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले …

प्रतिकृया दिनुहॊस