यी हुन् रवि लामिछानेको पार्टीका पदाधिकारी, कसलाई के जिम्मेवारी ?

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ । सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह-महामन्त्री र बसुमाया तामाङलाई सह-कोषाध्यक्षमा नियुक्त गरेको छ ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । उता, बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस