६५८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज ४५६ संक्रमित निको हुँदा एकजनाको मृत्यु भएको छ। हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री