‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भ्रम फैलाउने चर्चका पास्टर पक्राउ

काठमाडौं । ‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भ्रम फैलाउने चर्चका पास्टर पक्राउ परेका छन् । ‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भ्रम फैलाउने कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले ‘मृत व्यक्तिलाई जीवित बनाएको’ भन्दै भ्रम फैलाएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोतामे बुटवल–१२ बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर हुन् । ‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान थालेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले आरोपित गोतामेलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका गरिरहेको बताए । भिडिओमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ ।

भिडिओमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच/छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री