काठमाडौँ । शनिवार राति निधन भएका नेपाली काँग्रेसका नेता तथा प्रबुद्ध समाजवादी चिन्तक प्रदीप गिरीकाे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिए छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए ।
लामो समयदेखि क्यान्सरबाट पीडित नेता गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अन्य मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरीलाई उनका छोरा सन्तोष, र भतिजाहरू प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागबत्ती दिएका थिए ।
प्रतिकृया दिनुहॊस