आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर, आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भउचर पाउने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भउचर दराजको होम पेजमा प्रदान गरिने जनाइएको छ । दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds