प्रचण्डले मेडिसिटी पुगेर गरे कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहान मेडिसिटी अस्पताल पुगेर प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री