वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ ।

जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो ।

यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एकदिनमै कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस