भारतबाट पेट्रोलियमको मूल्य फेरि घटेर आयो, घटाउला त निगमले ?

काठमाडौँ । भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएकाे नयाँ मूल्य सूचीअनुसार मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हाे ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाा ७६ पैसा र डिजेल १६ रुपैयाा ५६ पैसा घटेर आएको थियो ।

लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री