काठमाडौं । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन् ।संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् ।
रिपोटर्स क्लव नेपालमा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका हुन् । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल छन् ।
तपाईंको प्रतिकृया



