आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

म्याग्दी । मालिका गाउँपालिका–५ का आफ्नै  बाबुले  १२ वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।शनिबार दिउँसो  बाबुले बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् ।

पीडित बालिका र उनकी आमाले बलात्कृत भएको  जाहेरीपछि  बलात्कारको अभियोगमा ५३ वर्षका बाबु पक्राउ परेका छन् ।अहिले पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य परिक्षण प्रतिवेदन र थप प्रमाण जुटाएर नाबालिकालाई हाडनाता करणी गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री