ठेकेदारहरुको लापरवाहीकै कारण देशको विकास अवरुद्ध भयो : लालबाबु पण्डित

काठमाडौं । सांसद लालबाबु पण्डितले ठेकेदारहरुको लापरवाहीकै कारण देशको विकास अवरुद्ध भएको बताएका छन् । सांसद पण्डितले देश विकासको गति जुन ढंगले अगाडि बढ्नुपर्ने हो त्यसो हुन नसकेको भन्दै चिन्ता व्यक्त पनि गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पण्डितले ठूला ठेकेदारहरुले ठेक्कापट्टा कब्जा गर्ने र काम नगर्ने नीति अपनाएकै कारण विकासको गति अगाडि बढ्न नसकेको बताए।

उनले भने,ु ‘देश विकासको काम तीव्र गतिले अगाडि बढेन। किन भने ठूला ठेकेदारहरुले ठेक्कापट्टा कब्जा गर्ने नीतिअन्तरगत रहे। काम गर्ने नीतिअन्तर्गत रहेन। त्यसकारण विकास अवरुद्ध भएको छ। ठूला उद्योग र व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लिँदा साना व्यवसायीहरु धरासायी हुँदै गएका छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस