काठमाडौं । धरानका नगरप्रमुख हर्क सम्पाङ काठमाडौँ आएका छन् । काठमाडौँ आएर काठमाडौँको शहर बारे टिप्पणी गर्दै काठमाडौँ भन्दा धराननै राम्रो भएको बताएका छन् ।
साम्पाङले काठमाडौँ शहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको उल्लेख गरेका छन् । ‘काठमाडौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो !,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’
तपाईंको प्रतिकृया



