काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास समाजलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका छन् ।
सिभिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि व्योहोर्दै आइरहेको छ ।
यस बालविकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको बताएको छ ।
प्रतिकृया दिनुहॊस