काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब साठी करोड बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० अकित दरका एक करोड साठी लाख कित्ता साधारण शेयरहरु निष्काशन गर्ने भएको छ ।
सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरविवि मर्चेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भण्डारीले हस्ताक्षर गरेका छन् ।
हाल नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब पुग्नेछ ।
कम्पनीले आर्थिक बर्ष २०७४। ७५ को अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब ४० करोड खुद मुुनाफा गरेको थियो ।
प्रतिकृया दिनुहॊस