निर्मला पन्त हत्याको विरोधमा आज पनि महेन्द्रनगरमा प्रदर्शन जारी

महेन्द्रनगर । महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन बिहीबार बिहानैदेखि प्रदर्शन जारी छ ।प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन्।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै आज  पनि प्रदर्शन भएकाे हाे ।

बिहानैदेखि बजार व्यवसाय पूर्णरुपमा बन्द छन्। शिक्षण संस्था र यातायात सेवा समेत बिहानैदेखि सञ्चालनमा आएका छैनन्। बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार अभियुक्त सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो।

बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा प्रदर्शन सुरु हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। शान्ति सुरक्षाको अवस्था खलबलिन नदिन सुरक्षाकर्मी बढाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप