नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र  सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बीच   बैंकासुरेन्स  सेवा उपलव्ध गराउने सम्झौता सम्बन्धी हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमा​​ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे  र लाइफइन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे।

जीवनवीमा प्रति आमसर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई वीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमाझ बैकिङ्ग साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ  बैंकिङ्ग सेवा दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंक  बीच भएको यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन्।

 

सम्झौता अनुसार ग्राहकहरुले नेपाल इन्भेष्टमेन्टबैंक लि का सम्पूर्ण शाखाहरु बाट सो कम्पनीको जीवनबीमा लेख प्राप्त गर्न​, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवा प्राप्त गर्न सक्नेछन्।

ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफइन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जिवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरुले नेपाल इन्भेष्टमेन्ट बैंक लि का ग्राहकहरु लाई पनि थप सुविधा प्रदान गर्नेछ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस