काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएकाे छ ।
भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको विशेष निमन्त्रणामा भारत भ्रमणमा गएका शनिवार भारतीय विदेशमन्त्रीसँग भेट गरेका हुन् । प्रचण्डले आजै भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र भाेलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेकाे छ ।
त्यस्तै, उनले आजै भारतीय सुरक्षा सल्लाहकार अजीत डाेभालसँग भेट गर्ने कार्यक्रम रहेकाे छ । यसअघि उनले उपचारकाे क्रममा दिल्लीमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवासँग भेट गरेका थिए ।
तपाईंको प्रतिकृया




