विद्युत् कार्यालयभित्रै कुटिए पत्रकार, दाेषीलाई कारबाहीकाे माग

काठमाडाैँ । भरतपुरबाट सञ्चालन हुने नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखाले दोषीलाई कारबाही गर्न माग गरेको छ । विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि त्यहाँ पुगेका आचार्यमाथि हातपात भएकाे महासंघले जनाएकाे छ ।

कार्यालयको मुख्य गेट बन्द गरेर लखेट्दै कुट्ने, लगाएको कपडा च्यात्ने र मोबाइल फोनसमेत कार्यालयका कर्मचारीले कब्जा गरेको आचार्यको भनाइ छ । महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले शनिवार जारी गरेको विज्ञप्तिमा समाचार संकलनका लागि गएका बेलामा पत्रकारमाथि भएको कुटपिटमा संलग्न सबै दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री