काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेका कमिटी र विभागहरुमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नभएको बताएका छन् ।
नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा भुसाल प्रमुख रहेको अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको बेला भुसालको यस्तो प्रतिक्रिया आएको हो । भुसालले अर्थ तथा योजना विभागमा रहेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको बताएका छन् ।
उनले भनेका छन्- ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमत:, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ । दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।’
प्रतिकृया दिनुहॊस