सबै युक्रेनी नागरिकलाई रुसी नागरिकता दिँदै पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै युक्रेनी नागरिकलाई रुसको नागरिकता पाउने प्रक्रिया सहज बनाउने एक आदेशमा हस्ताक्षर गरेका छन् ।

रुसको सरकारी वेबसाइटमा उल्लेख गरिएअनुसार उनले सरलरुपमा युक्रेनका नागरिकलाई नागरिकता प्रदान गर्ने किसिमको आदेश जारी गरेका हुन् । यसअघि रुसले युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रका मानिसलाई पनि सरलरुपमा नागरिकता दिँदै आएको थियो ।

यी दुई क्षेत्रलाई रुसले छुट्टै स्वतन्त्र राज्यको मान्यता दिएको छ । अब भने यो नियम समग्र युक्रेनका नागरिकलाई लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री