काठमाडाैँ । बुटवलको एक होटलमा युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल-११ की २१ वर्षीया समिक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
गएराति ती युवती र एक युवा होटलमा बस्न गएको प्रहरीले जानकारी दिएको छ । युवती र युवा राति साढे १० बजे सो होटलमा गएको र युवकले राति नै बिल तिरेर गएको, होटल संचालकले चेक आउट हेर्न जाँदा युवती झुन्डिएको अवस्थामा देखेको जानकारी प्रहरीलाई दिएका थिए ।
प्रहरीले युवतीसँगै गएका युवकको खोजीरहेको बताएको छ । युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया



