कामना सेवा विकास बैंकको अनलाइन पाेर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक

काठमाडौँ । कामना सेवा विकास बैंकले अनलाइन पोर्टल केएस डिजी वर्ल्ड सार्वजनिक गरेको छ । बैंकले मङ्गलबार केएस डिजी वर्ल्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको जनाएकाे छ ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा बेवसाइटमा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

केएस डिजी वर्ल्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरोसेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्युआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनमा समेत अन्य अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस