देशभर बिहानैबाट बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । आज बिहान प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश-१ र मधेस प्रदेशका एक-दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्नेछ । दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

काठमाडाैं । धनुषाको धनौजीमा स्कुल बसले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस