काठमाडौं । स्टार अस्पताल र नेपाल बङ्गलादेश बैंकबिच सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत सन्देश जिसिले हस्ताक्षर गरेका छन् ।
स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई उपचार सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । साथै,सम्झौतामा स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्तालाई सो मात्राको छुट दिने जनाइएको छ ।उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




