अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग्दै आएको थियो ।

उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाइएको हो ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन विशेष समिति गठन गर्दै ११ सदस्यको नाम घोषणा गरेका हुन् । समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्प भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्ने, सरला कुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव र लक्ष्मण प्रसाद कर्ण रहेका छन् ।

सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २-२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाइएको हो । समितिलाई १० दिनको समय दिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री