आयल निगमले लेख्यो प्रधानमन्त्रीलाई पत्र, ३० अर्ब भुक्तानी रकम दिन माग

काठमाडौँ । नेपाल आयल निगमले प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्र लेखेर भारतीय आयल निगमलाई दिनुपर्ने भुक्तानी दिन ध्यानाकर्षण गराएकाे छ । निगमले बक्यौता रकम भुक्तानी नदिए पेट्राेलियम आपूर्ति रोकिने भन्दै ध्यानाकर्षण गराएको हो ।

हाल निगमले भारतीय आयल निगमलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब रुपैयाँ नाघेको निगमले जनाएकाे छ । उक्त रकम भुक्तानी नदिए आपूर्ति रोकिने जनाएको हो । निगमको घाटा चुलिएर हाल यो आर्थिक वर्षभित्र ५३ अर्ब रुपैयाँ नाघ्ने देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री