नेप्सेमा झिनो अंकको गिरावट

काठमाडाैं । शुक्रबार दुई घण्टाका लागि खुलेको सेयर बजारमा नेप्से सूचक ८ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो ।

अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।

८ अंक माथिले घटेको बजारमा आज १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री