काठमाडाैँ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ ।
प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक/पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील बनाउन राजनीतिक दलहरू सुदृढ बन्नुपर्ने, समयसापेक्ष रूपमा आन्तरिक रूपान्तरित र जनताका आकाङ्क्षा सम्बोधन गर्न अझ प्रतिबद्ध हुनुपर्ने बताए । -गोरखापत्र दैनिकबाट
तपाईंको प्रतिकृया




