दाङले पायो दुई मन्त्री

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे शपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने परेका छन् । पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ-१ बाट र केसी दाङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वासको मत लिंदै कोशीका मुख्यमन्त्री कार्की, यस्तो छ अंकगणित

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री …

प्रतिकृया दिनुहॊस